बुढीगंगामा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित सम्पन्न गर्ने सर्वदलीय सहमति
फाइल तस्वीर

बाजुराको बुढीगंगामा निर्वाचन गर्नका लागि सर्वदलीय बैठक कसेको छ । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बुढीगंगा नगरपालिकाका धाँधली भएपछि स्थगित भएको निर्वाचन पुनः निर्वाचन गर्नका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरामा सर्वदलीय बैठक बसेको हो । 

बैठकमा निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी तयारी गर्न सर्वदलीय बैठक बसेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए । बैठकले निर्वाचन आयोगले  पुनः निर्वाचन गर्न परिपत्र गरिसकेको छ । 

बैठकमा सुरक्षा र कर्मचारी व्यवस्था गरिने कार्यका लागि तयारी भइरहेको र दलहरुले पनि निर्वाचनको मिति तोक्नका लागि सहज वातावरण बनाउँदै सहमति जनाएपछि निर्वाचन अधिकृत जिल्लामा आइपुगेपछि मिति तोक्ने घिमिरेको भनाइ छ । 

निर्वाचन अधिकृत फेरिएकाले जिल्ला आउन समय लाग्ने भएकाले निर्वाचन अधिकृत आएपछि पुनः बैठक बोलाएर निर्वाचनको मिति यथाशिघ्र तोक्ने मुख्य निर्वाचन अधिकृत घिमिरे बताए । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्तडी बाजुराले बोलाएको बैठकमा मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरे,प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी,नेपाली काँग्रेस बाजुराका सभापति रामसिहं रावल, निवर्तमान सभापति कविराज पण्डित, नेकपा एमाले बाजुरामा सचिव भरत थापा, बुढीगंगा नगर प्रमुखका उम्मेदवार रामबहादुर बानियाँ, एकीकृत समाजवादीका बाजुरा अध्यक्ष गगन रावल, सुरक्षा निकायका प्रमुख लगायत सहभागी थिए ।





  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार १८:३४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया