अमेरिका– विश्वचर्चित अनलाइन सपिङ कम्पनी अमेजनका सिइओ जेफ बेजोस र उनकी पत्नी साहित्यकार म्याकेन्जी बेजोसबीच डिभोर्स हुँदै छ ।
बुधबार जोफको ट्विटर ह्यान्डलबाट यी दुईले ‘ब्रेकअप’को घोषणा गरे । जेफको १४० बिलियन डलर सम्पत्तिको भागबन्डाबारे भने उनीहरुले केही खुलाएनन् । यो जोडी अमेरिकाकै धनी जोडीमा गनिन्छ ।
जेफ र म्याकेन्जीबीच २५ वर्षअघि कामको सिलसिलामा भेट भएको थियो । त्यतिखेर म्याकेन्जी एक इन्भेस्टमेन्ट फर्ममा रिसर्च एसोसिएटका रुपमा काम गर्न आएकी थिइन् । जेफले उनको इन्टरभ्यु लिएका थिए ।
भेटको तीन महिनामै उनीहरुले इन्गेजमेन्ट गरे । र, सन् १९९३ मा उनीहरुको बिहे भयो । उनीहरुका ४ सन्तान छन् । ३ छोरा जन्माएको यो जोडीले १ छोरी एडप्ट गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।