मकवानपुरलाई ४ अर्ब बजेट, कुन पालिकामा कति ?
फाइल तस्वीर

आर्थिक वर्ष २०७९/०८० को लागि संघीय सरकारले मकवानपुरका लागि  ४ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

समानीकरण अनुदानतर्फ १ अर्ब ४० करोड ६६ लाख अनुदान संघीय सरकारले छुट्याएको छ । त्यस्तै, सशर्त अनुदानतर्फ २ अर्ब ६५ करोड ५८ लाख र विशेष अनुदानतर्फ ११ करोड ४५ लाख छुट्याएको छ । 

त्यस्तै, समपूरक अनुदानमा ११ करोड लाख रुपैयाँ मकवानपुरलाई संघीय सरकारले उपलब्ध गराउने भएको छ । 

जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै रकम हेटौंडा उपमहानगरपालिकाले १ अर्बभन्दा धेरै पाउने भएको छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले २३ करोड ६२ लाख रुपैयाँ रकम उपलब्ध गराउने भएको छ । 

कुन स्थानीय तहमा कति ?

हेटौंडा 



हेटौंडा उपमहानगरपालिकालाई संघीय सरकारले आउँदो आर्थिक वर्ष २०७९/०८० का लागि कुल १ अर्ब ६ करोड ९५ लाख रुपैयाँ बजेट छुट्याएको छ । संघीय सरकारले बजेटमार्फत यो रकम छुट्याएको हो । 

संघीय सरकारले समानीकरण अनुदानमा उपमहानगरपालिकालाई ३५ करोड ७६ लाख रुपैयाँ, सशर्त अनुदानमा ६८ करोड ४७ लाख रुपैयाँ उपलब्ध गराउने छ । 



सशर्त अनुदानमा चालुतर्फ २ करोड ७३ लाख र पुँजीगततर्फ २ करोड ७३ लाख रुपैयाँ संघीय सरकारले छुट्याएको छ । 

थाहा 

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० को लागि संघीय सरकारले ४५ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको छ । 

समानीकरण अनुदानमा नगरपालिकालाई १४ करोड ३६ लाख रुपैयाँ, सशर्त अनुदानमा २९ करोड ७२ लाख, बिशेष अनुदानमा १ करोड रुपैयाँ र समपूरक अनुदानमा ८ लाख रुपैयाँ उपलब्ध गराउने छ । 

त्यस्तै, चालुतर्फ ४१ करोड २४ लाख र पुँजीगततर्फ ४ करोड ४६ लाख रुपैयाँ संघीय सरकारले उपलब्ध गराउने भएको हो । 

इन्द्रसरोवर

जिल्लाको इन्द्रसरोबर गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले २३ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संघीय सरकारले समानीकरण अनुदानमा ८ करोड १ लाख रुपैयाँ, सशर्त अनुदानमा १२ करोड ९७ लाख, विशेष अनुदानमा १ करोड ५ लाख रुपैयाँ र समपूरक अनुदानमा १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने छ । 

त्यस्तै, चालुतर्फ २० करोड ५८ लाख र ३ करोड ४ लाख रुपैयाँ संघीय सरकारले बजेट छुट्याएको छ ।

कैलाश

जिल्लाको कैलाश गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले २९ करोड ५४ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउने भएको छ । 

समानीकरण अनुदानमा गाउँपालिकालाई १० करोड १८ लाख रुपैयाँ, सशर्त अनुदानमा १७ करोड ६६ लाख, विशेष अनुदानमा १ करोड र समपूरक अनुदानमा ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

त्यस्तै, चालुतर्फ २६ करोड ५४ लाख र पुँजीगततर्फ ३ करोड रुपैयाँ संघीय सरकारले उपलब्ध गराउने भएको हो । 

बकैया

मकवानपुरको बकैयालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले कुल गाउँपालिकाले ४३ करोड ८३ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

बकैयाले समानीकरण अनुदानमा १३ करोड ४१ लाख रुपैयाँ, सशर्त अनुदानमा २८ करोड ९२ लाख, विशेष अनुदानमा १ करोड रुपैयाँ र समपूरक अनुदानमा ५ करोड रुपैयाँ पाउने छ ।

त्यस्तै, चालुतर्फ बकैयालाई ४० करोड ५२ लाख र पुँजीगततर्फ ३ करोड ३१ लाख रुपैयाँ संघीय सरकारले छुट्याएको छ ।

बागमती 

बागमती गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले ३६ करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बागमतीलाई समानीकरण अनुदानमा ११ करोड ९० लाख, सशर्त अनुदानमा २१ करोड ५२ लाख, विशेष अनुदानमा २ करोड रुपैयाँ र समपूरक अनुदानमा ७ करोड रुपैयाँ बजेट छुट्याइएको छ । 

त्यस्तै, चालुतर्फ ३१ करोड ४९ लाख पुँजीगततर्फ ४ करोड ७३ लाख रुपैयाँ संघीय सरकारले उपलब्ध गराउने भएको हो ।  

भीमफेदी

भीमफेदी गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले ३५ करोड ५९ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

भीमफेदीमा समानीकरण अनुदानमा ११ करोड २६ लाख, सशर्त अनुदानमा २० करोड ७६ लाख, विशेष अनुदानमा ६ करोड रुपैयाँ र समपुरक अनुदानमा ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

त्यस्तै, चालुतर्फ ३० करोड ५३ लाख र पुँजीगततर्फ ५ करोड ६० लाख रुपैयाँ संघीय सरकारले बजेट छुट्याएको छ ।  

मकवानपुरगढी

मकवानपुरगढी गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले ३७ करोड ७९ लाख रुपैयाँ छुट्याएको छ ।

मकवानपुरगढीले समानीकरण अनुदानमा ११ करोड १९ लाख, सशर्त अनुदानमा २२ करोड ७० लाख, विशेष अनुदानमा १ करोड ७० लाख रुपैयाँ र समपूरक अनुदानमा २ करोड २० लाख रुपैयाँ पाउने छ ।

त्यस्तै, चालुतर्फ ३२ करोड ५४ लाख र पुँजीगततर्फ ५ करोड २५ लाख रुपैयाँ संघीय सरकारले छुट्याएको छ ।  

मनहरी

मनहरी गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले ३७ करोड १८ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

समानीकरण अनुदानमा गाउँपालिकालाई १३ करोड ७७ लाख, सशर्त अनुदानमा २० करोड ७१ लाख, विशेष अनुदानमा १ करोड ६० लाख रुपैयाँ र समपूरक अनुदानमा १ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ । 

त्यस्तै, चालुतर्फ ३२ करोड ९३ लाख र पुँजीगततर्फ ४ करोड २५ लाख रुपैयाँ संघीय सरकारले दिने छ ।

राक्सिराङ

राक्सिराङ गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले ३२ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

जसमध्ये समानीकरण अनुदानमा १० करोड ७७ लाख, सशर्त अनुदानमा १९ करोड ४२ लाख, विशेष अनुदानमा १ करोड ५० लाख रुपैयाँ र समपूरक अनुदानमा १ करोड २० लाख रुपैयाँ रहेको छ ।  

त्यस्तै, चालुतर्फ २९ करोड ५५ लाख र पुँजीगततर्फ ३ करोड ३४ लाख रुपैयाँ संघीय सरकारले विनियोजन गरेको छ ।

  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार २१:२९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया