भारतमा फेरि बढे कोरोनाभाइरस संक्रमित

भारतमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसका नयाँ संक्रमितको संख्या ३ हजार ९ सय ६२ पुगेको छ । यही समयमा त्यहाँ कोरोनाभाइरसका कारण २६ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार त्यहाँ अहिले २२ हजार ४ सय १६ सक्रिय संक्रमित रहेका छन् ।

भारतमा शुक्रबार पनि ४ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका थिए ।

भारतमा अहिलेसम्म ४ करोड ३१ लाख ७२ हजार ५ सय ४७ जनालाई कोरोनाभाइरस भएको छ भनेन ५ लाख २४ हजारभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : जेठ २१, २०७९ शनिबार ११:३६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया