माओवादी नेता हरिबोल गजुरेल भन्छन्– सहकार्यकाे विषयमा एमालेबाट औपचारिक प्रस्ताव आएको छैन

नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले नेकपा एमालेबाट अहिलेको सत्तारुढ गठबन्धन छाडेर नयाँ समीकरण बनाउने भन्ने विषयमा आएको प्रस्तावबारे कुनै छलफल नभएको बताए । 

उनले यसबारे नेकपा एमालेले कुनै औपचारिक प्रस्ताव नगरेकाले अहिले यो विषयमा कुनै छलफल नभएको बताए । 

फरकधारसँगको संक्षिप्त कुराकानीमा गजुरेलले भने, ‘अब यो विषयमा अहिले छलफल नै भएको छैन । अहिले एमालेबाट यस विषयमा औपचारिक रुपमा केही आएको पनि छैन, हामीले छलफल गर्ने कुरा पनि भएन ।’

तत्काल गठबन्धन फुटाएर अगाडि जाने पार्टीको सोच नभएको पनि उनले बताए । ‘तर, राजनीतिमा नयाँ पुराना समीकरण बनिरहन्छन्, भत्किरहन्छन्, सम्भावनाहरु नयाँ नयाँ थपिँदै जान्छन्,’ उनले भने ।





  • प्रकाशित मिति : जेठ २१, २०७९ शनिबार ११:५९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया