विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा गठबन्धन पराजित, बहुमतमा एमाले
फाइल तस्वीर

विराटनगर महानगर कार्यपालिकाको शनिबार भएको निर्वाचनमा सत्ता गठबन्धन पराजित भएको छ । सत्ता गठबन्धनसँग निर्वाचित जित्ने गणित भए पनि पराजित भएको हो । कार्यपालिका निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस र जसपाले गठबन्धन गरेका थिए । 

कार्यपालिका निर्वाचनमा ९७ मतदाता थिए । जसमध्ये कांग्रेस र जसपा गठबन्धनको ५० मत थियो । तर, निर्वाचनमा ४३ मत रहेको एमाले विजयी भएको हो । एमालेले स्वतन्त्रबाट चुनाव जितेका जनप्रतिनिधिसँग तालमेल गरेको थियो । 

शनिबार भएको भएको निर्वाचनमा अल्पसंख्यकतर्फ एमालेका दीपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिव साह ५२ मत ल्याएर विजयी भएका छ्न् । अल्पसंख्यकमा कांग्रेस उम्मेदवार प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत प्राप्त गपर पराजित भएका छन् ।

महिलातर्फ एमालेका सबै उम्मेदवार विजयी भएका छन् । एमालेका सन्तलीदेवी विश्वास ५५ कमला श्रेष्ठ, ५५, ताराकुमारी राय ५३ सरिता घिमिरे नेपाल ५३ र खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भएका छन् । कांग्रेसकी अन्जु दाहाल गौतमले ४० मत, गायत्री थापाले ३९, रुपा देउजाले ४०, विनितासिंह ठकुरीले ४० र जसपाकी चुलियादेवि साहले ४० मत मात्रै पाएका थिए ।

३० वैशाखमा सम्पन्न निर्वाचनमा एमालेबाट उपमेयरसहित ४३ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । कांग्रेसले मेयरसहित ४० जनप्रतिनिधि जितेको थियो । जसपाले १०, स्वतन्त्र ३ र राप्रपाको १ जना निर्वाचित भएका थिए । 

सत्ता गठबन्धन पराजित भएसँगै महानगर कार्यपालिकामा एमालेको एकल बहुमत पुगेको छ । २९ सदस्यीय महानगर कार्यपालिकामा एमालेका उपमेयर, ९ वडाध्यक्षसहति १५ जना भएका छन् । कार्यपालिकामा कांग्रेसका मेयरसहित ६ वडाध्यक्ष, स्वतन्त्रको १ वडाध्ययक्षसहित तीन, जसपाको २ वडाध्यक्ष र राप्रपाको १ वडाध्यक्ष कार्यपालिकामा प्रतिनिधित्व भएको छ ।





  • प्रकाशित मिति : जेठ २१, २०७९ शनिबार १६:२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया