मधेस प्रदेश मन्त्रिपरिषद्ले स्वीकृत गर्‍यो नीति तथा कार्यक्रम

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । 

मुख्यमन्त्री निवास मधेस भवनमा शनिबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । 

मन्त्रिपरिषद्बाट स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले आइतबार प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

सभामुख सरोजकुमार रायले आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले प्रदेश सांसदलाई अनिवार्य रुपमा आ–आफ्नो सांस्कृतिक वेशभूषामा दिनको साढे ३ बजेसम्ममा प्रदेशसभामा उपस्थित हुन आग्रह गरेका छन् ।

नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएपछि असार १ गते प्रदेश सभामा सरकारको बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सोही अनुसारको तयारीमा प्रदेश सरकार लागिपरेको हो ।





  • प्रकाशित मिति : जेठ २१, २०७९ शनिबार १६:५३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया