रूपन्देहीको रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान ४ः३० बजे दुर्घटना हुँदा नौजनाको मृत्यु भएको हो ।
लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार ३३ मध्ये नौजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस रूपन्देहीको रोहिणी गाउँपालिका–४ र ओमसतिया गाउँपालिका–४ को सीमामा रोहिणी नदीमा खसेको हो ।
घाइतेको प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको छ । प्रहरीका अनुसार उनीहरूको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।