रूपन्देही बस दुर्घटना : चालक भन्छन्– पुलमा खाल्डो भएकाले जोगाउन सकिन

रूपन्देहीको रोहिणी खोलामा बस पल्टिदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक महिलासहित ९ जनाको मृत्यु भएको रूपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । 

यात्रुमध्ये ४ जनाको भीम अस्पतलामा र ५ जना युसिएमएस मेडिकलमा मृत्यु भएको छ । बसमा दुई बच्चा  र ६ जना महिलासहित ३४ जना सवार थिए । 

जनकपुरबाट भैरहवा आउदै गरेको यात्रु वाहक बस भैरहवा–परासी सडक खण्ड रोहिणी–४ मा आज बिहान करिब साढे ४ बजे खोलामा बस खसेको थियो । सवार यात्रुमध्ये घाइते  चालक, सहचालकसहित सबैको भैरहवास्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । 

घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । चालक सुमन क्षेत्रीका अनुसार पुलमा अगाडिबाट सानो गाडी आएर लाइटसँग झुक्किएपछि गाडी अन्यिन्त्रित भएको हो । ‘पुलमा खाल्डो पनि भएकोले जोगाउन खोज्दा बस आफ्नो साइडबाट गलत साइडमा गएको हो’, चालक क्षेत्रीले भने । 

लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो । घोप्टो अवस्थामा बस भेटिएपछि नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले उद्वार गर्दै यात्रुहरूलाई अस्पताल पठाएको छ । बसलाई सुल्टो पारेर राखिएको छ । 

मृतकमध्ये ओमसतिया–४ का अन्दाजी ६० वर्षिय राजेन्द्र पाण्डे, बुटवल ११ का ४५ वर्षिय कृष्ण बस्याल र तिलोत्तमा योगिकुटीका ५६ वर्षिय निष्णु पौडेलेको मात्रै सनाखत भएको छ । 



मृतकको पहिचानबारे थप अपडेट आउन बाँकी रहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । चालक क्षेत्री र सहचालक तुलसीराम चौधरी खतरामुक्त छन् । 



  • प्रकाशित मिति : जेठ २२, २०७९ आइतबार ९:१६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया