समान्थाले किन गरिनन् शाहरुख खानसँग सहकार्य ?

बलिउड अभिनेता शाहरुख खानले हालै आफ्नो फिल्म ‘जवान’को टिजर सार्वजनिक गरे । उनको यो फिल्मको निर्देशक दक्षिण भारतीय निर्देशक एटली कुमारले गरिरहेका छन् । फिलम आगामी वर्षको ३ जुनमा रिलिज हुनेछ ।

फिल्ममा शाहरुख खानका अलावा नयनतारा, सान्या मल्होत्रा र सुनील ग्रोवरको अभिनय छ । फिल्म हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ ।

फिल्मनिकट स्रोतका अनुसार फिल्मको पहिलो रोजाइमा अभिनेत्री नयनतारा थिइनन् । यो फिल्मका लागि समान्था रुथ प्रभुलाई सम्पर्क गरिएको थियो । तर, उनले प्रस्ताव अस्वीकार गरिन् ।​

त्यो समय ​समान्था पति नागा चैतन्यका साथ पारिवारिक योजनामा रहेकाले उनले शाहरुखको फिल्ममा अभिनय गर्न चाहेकी थिइनन् । यहीकारण निर्माताले समान्थाको स्थानमा नयनतारालाई छनोट गरे ।​

अक्टाेबर २०२१ मा समान्था र नागाले सामाजिक सञ्जालमार्फत अलग्गिने घोषणा गरेका थिए ।





  • प्रकाशित मिति : जेठ २२, २०७९ आइतबार १२:४७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया