नेकपा एकीकृत समाजवादीले संघीय सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सिफारिस गरेको छ ।
योसँगै एकीकृत समाजवादीबाट देउवा सरकारमा हाल कायम रहेका चार मन्त्रीहरू फिर्ता भएका हुन् ।
शनिबारदेखि चलिरहेको एकीकृत समाजवादीको बैठकले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
पार्टीले ६ महिनाका लागि भनेर मन्त्री बनाएकाले समय पूरा भएको भन्दै उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
समाजवादीले वर्तमान पर्यटनमन्त्री आले, स्वास्थ्यमन्त्री खतिवडा, सहरी विकासमन्त्री रामकुमार झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण श्रेष्ठलाई फिर्ता बोलाएको हो ।
योसँगै शहरी विकास मन्त्रालयको जिम्मेवारी समालेकी झाँक्री फिर्ता भएकी छन् । उनी गत २२ असोजमा मन्त्री बनेकी थिइन् ।
उनको ठाउँमा पार्टीबाट मेटमणि चौधरीको नाम सिफारिस गरिएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।