क्रिस्टियानो रोनाल्डोको दुई गोल प्रेरित पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ‘ए’ २ को खेलमा विजयी सुरुवात गरेको छ । आइतबार राति लिस्बोनस्थित घरेलु मैदानमा पोर्चुगलले स्विटजरल्यान्डमाथि ४–० को सहज जित निकाल्यो ।
पोर्चुगलको जितमा स्टार फरवार्ड रोनाल्डोले दुई गोल गरे भने विलियम कार्भाल्हो र जोआओ कन्सेलोले समान एक–एक गोल गरे । जितसँगै समूहमा पोर्चुगल दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ ।
समान चार अंक भए पनि चेक रिपब्लिक दोस्रोमा छ । यता स्पेन समान खेलबाट दुई अंकसहित तेस्रो तथा स्विटजरल्याण्ड बिनाअंक पुछारमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।