पुटिनको चेतावनी : पश्चिमा देशले युक्रेनलाई लामो दूरीका हतियार पठाए थप आक्रमण गर्छौं

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूले युक्रेनलाई  लामो दूरीका हतियार पठाएमा रुसले युक्रेनमा आक्रमण गर्ने लक्ष्यहरूको सूची विस्तार गर्ने चेतावनी दिएका छन् । रुसी सेनाको विस्फोटका कारण राजधानी किभका विभिन्न भागमा आइतबार ठूलो क्षति भइरहेका बेला पुटिनको यस्तो चेतावनी आएको हो ।  

रुसले युरोपेली देशहरूबाट आपूर्ति गरिएका ट्यांकमा आक्रमण गरेको बताएको छ । युक्रेनले यो रेल मर्मत संयन्त्र भएको बताएको छ । त्यस्तै अर्को घटनामा, एक रूसी जनरल दोनबास क्षेत्रमा लडाइँमा मारिएका छ । 

रुसले मार्चको अन्त्यमा किभ क्षेत्रबाट फिर्ता गरेपछि दोनबासमा आफ्नो सैन्य प्रयासहरू पुनः केन्द्रित गरेको छ । रुसले त्यहाँ स्थल मार्गमा  ढिलो तर स्थिर प्रगति गरिरहेको बेला धेरै देशहरूले किभलाई अत्याधुनिक हतियार पठाउने वाचा गरेका छन् । 

हालै अमेरिकाले एम १४२  हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली एचआईएमएआरएस  पठाउने घोषणा गरेको थियो । यसले ७० किलोमिटरसम्म  प्रहार गर्न सक्छ ।  





  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार ७:५६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया