काठमाडौंको फोहोर उठ्न नसक्नुमा संग्राैलाको दुई अनुमान : बालेनको ढंग नपुग्नु र सरकारबाट असहयोग हुनु

लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाह (बालेन) आएपछि पनि ‘किन फोहोर उठ्न नसकेको?’ भन्दै प्रश्न गरेका छन् । उनले मेयरमा निर्वाचितपछि बालेनको दौडधूप तीव्र भएपनि काठमाडौंको फोहोर उठ्न किन ढिलाइ भएको भन्दै प्रश्न गरेका हुन् ।

संग्रौलाले नै फोहोर उठ्न नसक्नुको दुई अनुमान गरेका छन् । उनले गरेको पहिलो अनुमान– बालेनको ढंग नपुग्नु र दोस्रो सरकारबाट असहयोग हुनु । 

‘बालेन सर रातदिन कुद्याकुदेई छन्, तर ढङ्ग नपुगेर हो कि सत्ता कब्जा गरी बसेकाहरूले यिनलाई बिफल तुल्याउन खोजेर हो । उठेन त काठमाडौंको दङदङी गनाउने फोहोर? बालेन सरले जनहितका एकाध काम गर्न सके पथ भ्रष्ट दलपति र सत्तापति लाठेहरूलाई अलिकता हाँक, अलिकता शबक मिल्थ्यो कि भन्या!,’ संग्रौलाले ट्विट गरेका छन् ।  

 





  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार ८:४६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया