कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउन माग आइरहेको छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेपाली कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरू आइरहेको बताएका छन् । 

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद सांसद थापाले पार्टीमा औपचारिक रूपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको बताए । 

‘नेपाली कांग्रेसको कुनै पनि बैठकमा यो विषयहरूको बारेमा कुनै छलफल भएको छैन । यद्यपि पार्टीको केही नयाँ सांसद जसले मन्त्री बनेर काम गर्ने अनुभव गर्न पाउनुभएको छैन । निर्वाचित भएर आउनुभएका केही नयाँ साथीले यत्रो नेपाली कांग्रेसको सरकार हुँदै गर्दाखेरी पनि केही नयाँ साथीले मौका पाएको भए केही नयाँ कुरा सिक्ने मौका हुन्थ्यो । भविष्यका निम्ति आफूलाई नयाँ जिम्मेवारीलाई तयार गर्न सकिन्थ्यो भन्ने कुरा थुप्रै सांसदको कुरा छ' उनले भने । 

पार्टीका तर्फबाट मन्त्रिपरिषद्मा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहनामा भर पर्ने उनले बताए । 

'अहिलेसम्म औपचारिक रुपमा छलफल भएको छैन । सभापति आफैँ संसदीय दलका नेता हुनु भएकोले गर्दा उहाँले यसलाई कसरी सोच्नुभएको छ, त्यसमा धेरै कुरा निर्भर रहने भयो । तर केही फेरबदल हुनुपर्छ । खासगरीकन नयाँ, अहिलेसम्म मन्त्री नहुनुभएका केही साथीलाई आफ्नो काम देखाउने मौका पाउनुपर्छ भन्ने व्यापक रुपमा माग छ,’ उनले भने ।





  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार १७:९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया