प्रचण्ड–नेपालले कांग्रेसलाई देखाएर प्रधानमन्त्रीको बार्गेनिङ गर्दै छन् : शाही
फरकधार / २३ जेठ, २०७९

नेपाली कांग्रेसका नेता एवं नेविसंघका निवर्तमान उपाध्यक्ष पुष्पकुमार शाहीले माओवादी केन्द्र र नेकपा एकीकृत समाज वादीका अध्यक्षले आफ्नो दुनो सोझ्याउन पटक–पटक कांग्रेससँग घुर्की लगाउने गरेको आरोप लगाएका छन् ।



काठमाडौंमा आयोजिक एक कार्यक्रममा बोल्दै नेता शाहीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई देखाएर नेपाली कांग्रेससँग केही व्यक्तिले प्रधानमन्त्री पदको बार्गेनिङ गर्न खोजेको शाहीको आरोप छ । उनले प्रचण्ड र नेपालले पटक–पटक यस्ता घुर्की दिँदै आएको बताउँदै घुर्कीले कुनै फरक नपर्ने टिप्पणी गरे ।

‘यो उहाँहरूको पुरानै घुर्की हो । कांग्रेसले पुराना नेताहरू हुन् । ठिकै छ सहयोग गरिदिऊँ भनेर अप्ठ्यारोमा पर्दा साथ दिन्छ । उहाँहरूले त्यसैको फाइदा लिन खोज्छन् । जुन गलत हो,’ उनी भन्छन् ।



नेता शाहीले माओवादी र एकीकृत समाजवादीले आफ्नो हैसियत बिर्सन नहुने बताएका छन् । भर्खंरै सम्पन्न भएको स्थानीय तहको चुनावमा पनि माओवादी र एकीकृत समाजवादीले आफ्नो हैसियतभन्दा बढी सिट मागेकोले कांग्रेसले राम्रै नतिजा ल्याए पनि सोचेजस्तो नतिजा ल्याउन नसकेको शाहीले बताए ।



उनले केन्द्र र प्रदेशको चुनावमा गठबन्धन गर्न चाहनेहरूले बजारमा नानाथरी कुरा गर्नुको अर्थ नभएको बताए । ‘कांग्रेस जनताको पार्टी हो । वर्षौंदेखि जनताको सेवक बनेर कांग्रेसले काम गरेको छ । अहिले पनि सबै दललाई मिलाएर लगौं । सबै मिलेर गए मुलुकको विकास चाँडो हुन्छ भन्ने मात्रै कांग्रेसको चाहना हो । हामीलाई बैशाखी चाहिँदैन । हामी बैशाखी बन्ने हो,’ उनले भने ।

  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार १८:८:३७,   अन्तिम अपडेट : जेठ २३, २०७९ साेमबार १८:२०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया