नवलपरासी पश्चिमस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ । अंश मुद्दाका विषयमा विवाद हुँदा गोली चलेको हो ।
अंश मुद्दा विवादमा सरावल गाउँपालिका–४ मंगलापुरका हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गर्दै गोली प्रहार गरेको प्रहरी जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार कसैलाई गोली लागेको छैन । गोली चलाउने यादव फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।