सातामा दुई दिन बिदाबारे सर्वोच्चमा रिट

सरकारले हचुवाका भरमा हप्तामा दुईदिन सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै सो निर्णय विरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट परेका छन् । 

रिटमा सार्वजनिक बिदा दिने निर्णय पर्याप्त अध्ययन नगरी हचुवाका भरमा आएको र यसले देशको अर्थतन्त्र धराशायी बनाउनुका साथै सबै क्षेत्रमा नकारात्मक प्रभाव पार्ने दाबीसहित निर्णय खारेजीको माग गरिएको छ । 

अधिवक्ताहरू रामबहादुर शाही, सन्तोष भण्डारी, तेजकुमार लोहिया, त्रिलोकबहादुर चन्दले  तथा अधिवक्ताद्वय डा. पुण्यप्रसाद खतिवडा र दिपकविक्रम मिश्रले फरक–फरक रिट दायर गरेका हुन् ।

सर्वोच्च अदालतले दुवै रिटमा मंगलबारका लागि पेसी तोकेको छ ।

 





  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार १८:२६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया