मुस्ताङ जिससमा एमालेको प्यानल नै निर्विरोध, कांग्रेसले उम्मेदवारी नै दिएन

जिल्ला समन्वय समिति (जिसस) मुस्ताङमा एमाले उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् । कांग्रेसले उम्मेदवारी नै नदिएपछि एमाले उम्मेदवार सर्वसम्मत भएका हुन् । पाँच पालिका रहेको मुस्ताङमा एमालेको सात भोट र कांग्रेसको तीन भोट छ ।

एमालेले आइतबार नै आफ्ना उम्मेदवार टुंगो लगाएको थियो । योसँगै मुस्ताङ जिससको प्रमुखमा पुनः महिला नै दोहोरिने पक्का भएको छ । एमालेले प्रमुखमा वारागुङ मुक्तिक्षेत्र १ की वडा सदस्य माया गुरुङलाई उठाउने निर्णय गरेको छ भने उपप्रमुखमा घरपझोङ ३ का आइतेलाल थकालीलाई पठाएको छ । 

सदस्यहरूमा उमेश विक, शान्ता कुमारी बिक र टसी ल्हामो सेन्चुरीलाई उम्मेद्वार उठाएको छ । अर्को सदस्य राप्रपालाई दिएको छ । राप्रपाबाट विमला परियार उम्मेदवार बनेकी छिन् । 





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार ७:५३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया