संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरमा क्षमापूजा गर्ने भएका छन् । उनले आज विश्वरूपा मन्दिर परिसरमा क्षमापूजा गर्न लागेका हुन् ।
पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपति क्षेत्रको मृगस्थलीमा रहेको विश्वरूपा मन्दिर तथा सत्तलहरूको पुनर्निर्माण कार्यको शिलान्यास तथा क्षमापूजामा मन्त्री आले सहभागी हुनेछन् ।
शिलान्यास तथा क्षमा पूजा केहीबेरमा सुरु हुने कोषका सदस्य सचिव मिलनकुमार थापाले बताए । दुई दिनअघि मन्त्री आलेसहित एकीकृत समाजवादीबाट मन्त्री बनेका चार जनालाई फिर्ता बोलाउने पार्टीले निर्णय गरेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत समाजवादीको निर्णय अस्वीकार गरेपछि तत्कालका लागि आलेसहित चार मन्त्रीको पद जोगिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।