पेरिस सेन्ट जर्मेन (पिएसजी) का फ्रेन्च युवा स्टार केलियन एम्बाप्पे विश्वको सर्वाधिक मूल्यवान (भ्यालुएबल) फुटबलर बनेका छन् ।
सिआइइएस फुटबल अब्जर्भेटिभको अध्ययनअनुसार सर्वाधिक मूल्यवान खेलाडीको सूचीको शीर्षस्थानमा रहेका एम्बाप्पेको बजार मूल्य १७५ मिलियन पाउण्ड छ ।
यस्तै, दोस्रो स्थानका स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन युवा स्टार भिसिनियस जुनियरको बजार मूल्य १५८ मिलियन पाउण्ड छ ।
यस्तै, गत सिजनसम्म जर्मन क्लब बोरुसिया डर्टमन्डका लागि खेलेका नर्वेका स्टार एर्लिङ ब्राउट हालान्ड १३० मिलियन पाउण्डसहित तेस्रो तथा बार्सिलोनाका स्पेनिस युवा खेलाडी पेड्री ११५.५ मिलियन पाउण्डसहित चौथो स्थानमा छन् । बोरुसिया डर्टमण्डका इंग्लिस स्टार जुडे बेलिङ्घम ११४.१ मिलियन पाउण्डसहित पाँचौं स्थानमा छन् ।
म्यानचेस्टर सिटीका फिल फोडेन, बार्सिलोनाका फ्रान्की डि जोङ, लिभरपुलका लुइस डियाज, म्यानचेस्टर सिटीका रुवेन डियास र बार्सिलोनाका फेरान टोरेस शीर्ष १० मा अटाएका छन् । उनीहरूको बजार मूल्य क्रमशः १०५.९, ९६.१, ९४, ९३.६ र ९३.५ मिलियन पाउण्ड छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।