सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि १० करोड अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।
‘विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि १०० मिलियन अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) सहुलियत पूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय भएको छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय जानकारी दिँदै गृहमन्त्री बालकृष्ण खाणले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।