सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अव्यावहारिक भन्दै युवा संघकाे प्रदर्शन

राष्ट्रिय युवा संघ नेपालले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सरकारको आग्रहलाई अव्यावहारिक रवैयाको संज्ञा दिदैँ विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालले मंगलबार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागमा सवारी साधनको इम्बोस्ड नम्बर प्लेटको अस्वाभाविक मूल्‍य र सरकारको अव्‍यावहारिक रवैयाविरुद्ध विरोध प्रदर्शन गरेको हो । 

प्रदर्शनका क्रममा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सरकारले गरेका निर्देशनको नाराबाजीसहित चर्को आलोचना गरिएको छ । प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले यदि राज्यको सुरक्षाको लागि इम्बोस्ड नम्बर प्लेट आवश्यक हो भने सम्पूर्ण खर्च सरकारले नै बेहोर्नुपर्ने बताए ।  इम्बोस्ड नम्बर प्लेटको नाममा सरकारले माफियालाई पोस्ने काम गरेको बताए । 

इम्बोस्ड नम्बर प्लेट जडानमा अरबौँको स्वार्थ लुकेको भन्दै युवा संघ अध्यक्ष पौडेलले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि लिखित उजुरी दिइने बताए । विरोध प्रदर्शनमा ‘जनताको ढाड सेक्न पाइँदैन, महँगो प्लेट चाहिँदैन’, ‘ठेकेदारलाई दुई वर्ष थप, जनतालाई एक महिनाको अल्टिमेटम’ लेखिएको ब्यानरसमेत प्रदर्शन गरिएको थियो । 





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार १८:५३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया