नयाँ बानेश्वरमा युवा संघले निकाल्यो मसाल जुलुस

सरकारले सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा नेकपा एमालेको युवा संगठन युवा संघले नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको छ ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा उत्रिएको युवा संघले मंगलबार साँझ मसाल जुलुस निकालेको हो । प्रदर्शनका क्रममा युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको थियो।

उनीहरुले मंगलबार कालो ब्‍यानरमा ‘राष्ट्रघाती गोठाला हो, इम्बोस्ड नम्बर घोटाला हो’ लगायतका नारा जुलुस गर्दै यातायात व्‍यवस्था कार्यालय अगाडिसमेत धर्ना दिएका थिए ।





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार १९:४९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया