जुम्लाको जिसस प्रमुखमा आचार्य र उपप्रमुखमा थकाली निर्विरोध

जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा गौरीनन्द आचार्य र उपप्रमुखमा जनक थकाली निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गौरीनन्द आचार्य र नेकपा एकीकृत समाजवादीका जनक थकालीसहितको टिमको मात्रै मनोेनयन दर्ता भएपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांगेसका तर्फबाट प्रमुख पदमा गौरीनन्द आचार्य र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट उपप्रमुख पदमा थकालीको मात्रै मनोनयन दर्ता भएको थियो । 

नौ सदस्यीय जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको तर्फवाट प्रमुखसहित सातजना र नेकपा एकीकृत समाजवादीको तर्फबाट उपप्रमुख सहित २ जनाको मात्रै मनोनयन दर्ता भएको हो । जिल्ला समन्वय समितिको निर्वाचनमा जुम्लामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।

नवनिर्वाचित जिल्ला समन्वय प्रमुख चन्दननाथ नगरपालिका १ बाट खुला सदस्यमा निर्वाचित भएका थिए । आचार्य नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । 

उपप्रमुखमा मनोनयन दर्ता गराएका एकीकृत समाजवादीका थकाली गुठीचौर गाउँपालिका अध्यक्षमा पराजित भएका  थिए । थकालीले कार्यपालिका सदस्यमा निर्वाचित भएर उपप्रमुखमा मनोनयन दर्ता गराएका थिए  ।

त्यस्तै, नेपाली कांग्रेसबाट अन्य सदस्यमा गंगादेवी रोकाया, धनसुर बुढा, एकीकृत समाजवादीका पदमबहादुर रावतले मनोनयन गरेका छन् । यसैगरी महिला सदस्यमा खिमा लक्ष्मी काफ्ले, रचा रावत, लग्नमाया भण्डारी बुढाको मनोनयन दर्ता भएको छ । यसैगरी नेपाली कांग्रेसका नरवीर सुनार दलित तथा अल्पसंख्यक सदस्यमा मनोनयन गराएका छन् ।



जुम्लामा ८ वटा स्थानीय तह छन् । यसपटकको निर्वाचनमा कांग्रेसले ५ पालिकामा अध्यक्षसहित २ उपाध्यक्ष र चन्दननाथमा नगरउपप्रमुख जितेको थियो । माओवादी केन्द्रले सिंजा, तिलामा अध्यक्ष उपाध्यक्ष  र तातोपानी र पातारासी गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । एकीकृत समाजवादीले गोठीचौर गाउँपालिकामा उपाध्यक्ष जितेको हो ।  

चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवारले नगर उपप्रमुख जितको थियो । कुल १६ मतदातामध्ये ८ कांग्रेस, ६ माओवादी केन्द्र, १ समाजवादी र १ स्वतन्त्र छन् । समाजवादी र नेपाली कांग्रेसको गठबन्धन भएपछि माओवादीले उम्मेदवारी दिएको छैन ।



  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार २२:१९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया