सप्तरीमा विङ्गर दुर्घटना : एककाे मृत्यु, १० जना घाइते

सप्तरीको रूपनी गाउँपालिका–५ को मुसहरनियाँ बसविट्टीमा विङ्गर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाकै रूपनी गाउँपालिका–१ नकटीरायपुर घर भएकी ६८ वर्षीया तारावतीदेवी यादव रहेकी छन् ।

उपचारको क्रममा उनको गजेन्द्रनाराणि सिंह अस्पताल राजविराजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्ले बताए । 

त्यस्तै, दुर्घटनामा परी विङ्गरमा सवार १० जना घाइते भएका छन्  । प्रवक्ता काफ्लेका अनुसार प्र ३– ००१ ज ०२७७ नम्बरको उक्त विङ्गर राजविराज–रूपनी सडक खण्डमा राजविराजतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।   

दुर्घटनामा परी घाइते भएकाहरूमा रूपनी–२ कि ३० वर्षीया निर्मलादेवी मण्डल, ३ कि ३२ वर्षीया गौरी मण्डल, सोही वडाका ३४ वर्षीय रामाकुमार साह घाइते भएका छन् ।

जिल्लाकै शम्भुनाथ नगरपालिका–६ कठौनाका ४५ वर्षीया बिलेवतीदेवी साह, वडा नम्बर–११ का ५६ वर्षीय रामनारायण चौधरी, डाक्नेश्वरी नगरपालिका–१ कि ३३ वर्षीया लीलादेवी सदा, सोही ठाउँका ३४ वर्षीय धर्मेन्द्र सदा पनि दुर्घटनामा घाइते भए ।  

प्रहरी प्रवक्ता काफ्लेका अनुसार दुर्घटनामा सिराहको कर्जनहा नगरपालिका–८ का ३६ वर्षीय ओमनरायण पासवान, ३१ वर्षीया पत्नी इन्द्रदेवी पासवान र उनका सात वर्षीय छोरा आनन्द पासवान सोही दुर्घटनामा परी घाइते भएका छन् । घाइतेहरूको गजेन्द्रनारायण सिंह अस्पतालमै उपचार भइरहेको छ ।  





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार ७:४९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया