हात्तीसारको एक होटलमा युवती बलात्कार गरेको आरोपमा युवक पक्राउ

काठमाडौंको कमलादीस्थित हात्तीसारमा रेहेको नेपाल हाउस रेष्टुरेन्टमा युवती बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेष्टुरेन्टका वेटर दोलखा तामाकोशी गाउँपालिका–६ का २० वर्षीय जीवन फुयाँल खत्री रहेका छन् । 

पीडितले दिएको जाहेरीका आधारमा फुयाँललाई पक्राउ गरेर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिए। 

रेष्टुरेन्टमा इन्टर्नसिप गरिरहेकी युवती बलात्कार भएको सूचना प्रहरीले गत सोमबार राति साढे ११ बजे पाएको थियो । त्यसपछि प्रहरी वृत्त, दरबारमार्गबाट टोली खटिएर अनुसन्धान सुरु गरेको थियो ।

खत्रीलाई जबर्जस्ती करणीसम्बन्धी कसूरमा अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार ८:१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया