विराट कोहली बने इन्टाग्राममा २०० मिलियन फलोअर्स हुने पहिलो क्रिकेटर

पछिल्लो दुई वर्ष भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीको ब्याट शान्त छ । उनले यो अवधिका कुनै पनि प्रारूपमा शतक बनाउन सकेका छैनन् । आफ्नो स्वभाविक लयमा नरहे पनि कोहलीको फ्यान क्रेज भने घटेको छैन, त्यसको राम्रो उदाहरण हो सामाजिक सञ्जाल इन्टाग्राम ।

इन्टाग्राममा कोहलीको २०० मिलियन फलोअर्स छन् । योसँगै उनी २०० मिलियन फलोअर्स भएका विश्वकै पहिलो क्रिकेटर बनेका छन् । 

वढी फलोअर्स भएका खेलाडीमा रोनाल्डो-मेस्सीपछि तेस्रो स्थानमा 

इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स भएका खेलाडीको कुरा गर्दा पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको नाम शीर्षमा आउँछ । उनका ४५१ मिलियन फलोअर्स छन् । 

यो सूचीको दोस्रो स्थानमा रहेका अर्जेन्टिनी फुटबल स्टार लिओनल मेस्सीलाई ३३४ मिलियनले फलो गर्दा विराट कोही यो सूचीको तेस्रो स्थानमा छन् । 

सर्वाधिक कमाइ गर्नेमा १९ औं स्थानमा, भारतीयहरूमध्ये शीर्षमा



कोहली यो सामाजिक प्लेटफर्मबाट सर्वाधिक कमाइ गर्नेमा १९ औं नम्बरमा छन् । उनी शीर्ष २० मा पर्ने एक मात्र भारतीय हुन् । उनले हरेक पोस्टबाट ५ करोड भारु कमाउँछन् । 

इन्टाग्रामबाट सबैभन्दा धेरै कमाउने सेलिब्रेटी फुटबलर क्रिस्टियानो रोनाल्डो हुन् । उनले प्रत्येक पोस्टबाट ११.९ करोड भारु कमाउने गर्दछन् ।  
 



  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार १२:२०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया