जिसस लमजुङ प्रमुखमा एमाले र कांग्रेस दुवैकाे दाबी

जिल्ला समन्वय समिति लमजुङको प्रमुखमा नेकपा एमालेबाट पूर्णबहादुर गुरुङ र गठबन्धनबाट नेपाली कांग्रेसका मुरली कुमालको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको मनोनयनमा प्रमुखमा गुरुङ र कुमालकाे उम्मेदवारी परेको हो । जिल्ला समन्वय समिति लमजुङको उपप्रमुखमा भने नेकपा एमालेको तर्फबाट बुनाकुमारी रिमाल निर्विरोध भएकी छन् भने सदस्यमा पनि एमालेको  मात्र उम्मेद्वारी परेपछि सबै सदस्य निर्विरोध भएका छन् ।

समन्वय समितिको खुला सदस्यमा मध्यनेपालका मोहनबहादुर गुरुङ, बेसीशहरका केशरबहादुर खत्री, दोर्दीका शेरबहादुर बोगटी, महिला सदस्यमा मस्र्याङ्दीबाट वविता मजाकोटी, सुन्दरबजारबाट विमला खड्का, मध्यनेपालबाट शारदा शाखी र  अल्पसंख्यकबाट सुन्दरबजारका गमबहादुर दुराको मनोनयन मात्र परेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

आठ वटा स्थानीय तह रहेको जिल्लामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी १६ जनामा एमालेले नाै सिटमा विजयी हासिल गरेको जिल्ला समन्वय समिति नेकपा एमालेको एकल बन्ने निश्चित छ । 

लमजुङमा नेकपा एमालेले बेसीशहर नगरपालिका, मर्स्याङ्दी गाउँपालिका र क्ब्होलासोंथरमा प्रमुख, उपप्रमुख, दोर्दी गाउँपालिकामा अध्यक्ष, सुन्दरबजार र मध्यनेपालमा उपप्रमुखमा विजयी हासिल गरी ९ सिट हासिल गरेको छ भने गठबन्धनले ७ सिट मात्र हासिल गरेको छ । 

जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यहरूका लागि नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने प्रावधान छ । २०७४ मा पनि जिल्ला समन्वय समिती लमजुङमा एमालेको नै बहुमत रहेको थियो ।





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार १५:२६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया