नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पढेको विद्यार्थी नै असल नेता बन्ने भएकाले विद्यार्थीको पहिलो काम पढ्ने हुनु पर्ने बताएका छन् ।
उनले पढाइ र राजनीतिलाई कसरी मिलाउने भन्ने कुरामा विद्यार्थीले नै ध्यान दिनु पर्ने पनि बताएका छन् ।
विद्यार्थीले औपचारिक र अनौपचारिक दुवै ढंगबाट पढ्नु पर्ने बताउँदै नेपालले विद्यार्थीको पहिलो काम पढ्ने भएको बताएका छन् ।
पार्टीनिकट विद्यार्थीहरुको विशेष जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा उनले भने सबैभन्दा पहिले विद्यार्थीले पढाइमा ध्यान दिनु पर्ने बताएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।