आफ्नो पार्टीका मन्त्री फेरिने माधव नेपालको दाबी
फरकधार / २५ जेठ, २०७९

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीले निर्णय गरेअनुसार नै मन्त्रीहरु फेरिने बताएका छन् । उनले पार्टीले यसअघि नै ६ महिनाका लागि मन्त्रीहरु पठाएको र अहिले ८ महिना भइसकेकाले मन्त्री फेर्ने निर्णय पार्टीले गरेको बताएका हुन् ।



आफूहरुले मन्त्री फेर्ने निर्णय गरेपछि अरु पार्टीमा भूकम्प गएको भन्दै नेपालले अब जाने नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले पनि राम्रो काम गर्ने बताएका छन् ।

‘यसअघि राम्रो काम गर्नेहरुलाई धन्यवाद दिऔँ,’ उनले भनेका छन्, ‘अब जाने मन्त्रीले पनि राम्रो काम गरुन् ।’



उनले सत्ता गठबन्धन अब आउने प्रदेश तथा संघीय निर्वाचनसम्म जाने पनि दाबी गरेका छन् । गठबन्धन नभएको खण्डमा पनि आफूहरुले पार्टीका लागि काम गर्न उनले आह्वान गरेका छन् ।



  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार १६:५२:७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया