प्रशान्त मल्लको संयोजकत्वमा नेपाल टी–२० लिगको सञ्चालक परिषद् गठन

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगको सञ्चालक परिषद् (गभर्निङ काउन्सिल)  गठन गरेको छ ।

क्यानले बुधबार कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको नेतृत्वमा सञ्चालन परिषद् गठन गरेको हो ।

इन्डियन क्रिकेटर्स एसोसियसनका अध्यक्ष अशोक मल्होत्रालाई मानार्थ सदस्य नियुक्त गर्दै क्यानले काउन्सिल गठन गरेको छ ।

परिषदको निर्देशकमा मल्ल, सदस्यमा दुर्गाराज पाठक, भानु सिग्देल र जतिन हल्वालिया छन् ।

क्यानले पहिलोपटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ ।

क्यानको आधिकारिक टी–२० प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्नले सहभागिता जनाउने पक्का भइसकेको छ ।



प्रतियोगिता ८ असोज देखि ५ कार्तिकसम्म आयोजना हुनेछ ।



  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार १७:३६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया