सडक सुधार योजनामा वीरेन्द्रनगर नगरपालिका

भर्खरै स्थानीय निर्वाचनपश्चात् आएका सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधिले नगरको क्षेत्राधिकारमा  रहेका सडक मर्मत तथा सुधारतर्फ अघि बढ्ने निर्णय गरेका छन् । गत सोमबार बसेको नगरपालिकाको पहिलो कार्यपालिका बैठकले नगरभित्रका सडक मर्मत–सम्भार, सडकको फोहोरमैला व्यवस्थापन, ढल तथा नालाहरुको मर्मतलगायतका विषयमा निर्णय गरेका हुन् ।

नगरपालिकाले सडकका बुझिएका ढल तथा नालाहरुको मर्मतका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम र विपद् व्यवस्थापन कोषबाट काम अघि बढाउने निर्णय गरेको छ । यसका साथै वीरेन्द्रनगर–१२ को तीनकुने क्षेत्र, वडा नं। १३ लगायतका पहाडी क्षेत्रहरुमा जटिल प्रकृतिको डुवान क्षेत्र पहिचान गरी दीर्घकालिन समाधानका लागि बजेट तथा स्रोत व्यवस्था गरी समाधान गर्ने निर्णय गरिएको छ ।

यसका साथै नगरको बजार क्षेत्रको सडकलाई सडक बोर्ड मार्फत प्राप्त बजेटबाट मर्मत गराउने निर्णय समेत गरिएको छ । नगरका अन्य सडक क्षेत्रमा जीर्ण तथा खाल्टा परेका सडकहरुको मर्मत क्रमश गर्दै जाने नगरको योजना रहेको वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

सडक क्षेत्रमा बढेको अतिक्रमण रोक्न सरकारी जग्गाको खोजविन गर्ने, लगत लिने नगरपालिकाको योजना छ । साथै, नगरपालिकाको गुरुयोजनामा समावेश भएका सार्वजनिक सडकको अधिकार क्षेत्रको लगत कट्टा गरि नापी प्रक्रियालाई अगाडी बढाउनेलगायतका निर्णय गरिएको ढकालले जानकारी दिइन् ।





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार १७:५९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया