भारतीय महिला क्रिकेट टोलीकी सफल खेलाडी मिथाली राजले अन्तराष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेकी छिन् ।
मिथालीले बुधबार सामाजिक सञ्जालबाट उनले आफ्नो २३ वर्षे अन्तराष्ट्रिय खेल जीवनलाई बिट मार्ने घोषणा गरेकी हुन् ।
‘वर्षौंदेखिको माया र समर्थनको लागि धन्यवाद ! म तपाईंहरुको आशीर्वाद र समर्थनका साथ दोस्रो इनिङको प्रतीक्षामा छु,’ सन्न्यास घोषणा गर्दै उनले भनेकी छन् ।
३९ वर्षीय मिथालीले भारतका लागि १२ टेस्ट, २३२ एकदिवसीय अन्तराष्ट्रिय र ८९ टी–२० अन्तराष्ट्रिय खेलेकी छन् ।
सन् २००९ मा आयरल्याण्डविरुद्धको एकदिवसीय खेलमार्फत आफ्नो अन्तर्राष्ट्रिय करिअरको सुरुवात गरेकी मिथालीका लागि यही वर्ष दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय अन्तिम अन्तर्राष्ट्रिय खेलका रुपमा रह्यो ।
उनले एकदिवसीय अन्तर्राष्ट्रियमा सात शतक र ६४ अर्धशतकीसहित सात हजार ८०५ रन बनाएकी छन् ।
उनले पहिलो टी–२० अन्त्र्राष्ट्रिय सन् २००६ तथा अन्तिम सन् २०१९ मा इंग्ल्याण्डविरुद्ध खेलेकी थिइन् । यो प्रारुपमा उनले १७ अर्धशतकसहित २ हजार ३६४ रन बनाएकी छन् ।
सन् २००२ मा इंग्ल्याण्डविरुद्धको खेलबाट टेस्टमा डेब्यु गरेकी मिथालीले अन्त्मि टेस्ट सन् २०२१ मा अस्ट्रेलियाविरुद्ध खेलेकी थिइन् । यसमा उनले १ शतक र चार अर्धशतकसहित ६९९ रन बनाएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।