ह्विलचियर क्रिकेट संघ नेपालले नेपाल र भारतबीच ‘टी–२० इन्टरनेसनल ’फिजिकल्ली च्यालेन्जड’ क्रिकेट सिरिज’ आयोजना गर्ने भएको छ ।
संघले बुधबार पत्रकार सम्मेलन गरी जेठ २७, २८ र २९ गते मुलपानी क्रिकेट मैदानमा तीन खेलको स्ट्यिान्डिङ क्रिकेट सिरिज आयोजना गर्ने जानकारी गराएको हो । जसमा दौडिन नसक्ने ब्याटरको स्थानमा रनर राख्न पाइनेछ ।
संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाका अनुसार टी–२० सिरिजसँगै एक दिनको विशेष क्रिकेट खेलसमेत आयोजना गरिनेछ । जसमा सहभागी १६ जना खेलाडीले नै ब्याटिङ र बलिङ गर्न पाउनेछन् ।
नेपालले दोस्रो पटक भारतविरुद्धको सिरिज आयोजना गर्न लागेको हो । यसअघि सन् २०१९ मा पहिलो पटक सिरिज आयोजना गरेको थियो ।
नेपाली टिमका कप्तान राम प्रसाद खरेलले भारतविरुद्ध अहिलेसम्म ५ पटक खेले पनि जित हात पार्न नसकेको जनकारी गराउँदै यसपटक भने नेपालले कडा टक्कर दिने बताए ।
यसैबीच सिरिजका प्रविधिक निर्देशक रवीन्द्र गुप्ताले नेपालले २०२३ मा पहिलोपटक हुन लागेको स्ट्यिान्डिङ क्रिकेटको विश्वकप आयोजना गर्ने तयारी गरिरहेको बताए । उनले विश्वकपमा ८ राष्ट्रको सहभागिता जनाउने जानकारी गराए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।