जिसस मकवानपुर ९ सदस्यीय गठन गर्ने निर्णय

जिल्ला समन्वय समिति मकवानपुरमा ९ सदस्य समिति गठन गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको सदस्य संख्या निर्धारण गर्ने सन्दर्भमा बुधबार भएको सातौँ विशेष जिल्ला सभाले नौ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

सभाका जेष्ठ सदस्य एवं इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको अध्यक्षतामा भएको जिल्ला सभाले ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्न निर्वाचन आयोगमा अनुरोध गरी पठाउने निर्णय गरेको जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए । 

सअघि पनि जिल्ला समन्वय समिति नौ सदस्यीय रहेको थियो । प्रमुख, उपप्रमुख र सातजना सदस्य समितिमा रहनेछन् । संविधानको धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्था’ उल्लेख गरिएको छ । 

जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाहरूका बीचमा समन्वय गर्न एक जिल्ला सभा रहने व्यवस्था छ । जिल्ला सभामा एक जना प्रमुख एकजना उपप्रमुख, कम्तीमा तीनजना महिला र कम्तीमा एकजना दलित वा अल्पसंख्यकसहित बढीमा नौजना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने व्यवस्था रहेको छ । 

यसरी उम्मेदवार हुने व्यक्ति पालिका सदस्य हुनुपर्नेछ । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदमा निर्वाचित भएका त्यस्तो व्यक्तिको गाउँसभा वा नगरसभाको सदस्य पद स्वतः रिक्त हुने संविधानमा उल्लेख गरिएको छ ।

त्यस्तै, बुधबार नै सम्पन्न विशेष सभाले ५ वर्षे कार्यकालमा पुर्याएको योगदानको कदर गर्दै जिल्ला समन्वय समितिका पूर्वपदाधिकारीहरु सम्पूर्णमा धन्यवाद प्रस्ताव पारित गरेको छ । 



साथै स्थानीय तहको निर्वाचनमा सहयोग गर्ने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाइ धन्यवाद ज्ञापन गर्ने समेत निर्णय गरेको समन्वय अधिकारी पोखरेलले जानकारी दिए । 

बैठकमा जिल्ला सभाका सदस्य १० वटै पालिकाका प्रमुख उपप्रमुखहरुको उपस्थिति थियो ।



  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार २०:४५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया