स्कुल इन्डोर क्रिकेट लिगको उपाधि डिएभी स्कुललाई

ग्रेट हिमालय क्रिकेट एकेडेमीद्वारा आयोजित स्कुल इन्डोर क्रिकेट लिगको पहिलो संस्करणको उपाधि डिएभी स्कुलले जितेको छ।

ललितपुरको हात्तीवनमा सम्पन्न फाइनामा डिएभीले मोक्षदा स्कुललाई रोमाञ्चक खेलमा ३ रनले पराजित गर्यो। डिएभीले दिएको १०८ रनको लक्ष्य पछ्याएको मोक्षदाले निर्धारित १० ओभर ब्याटिङ गरे तापनि ६ विकेटको क्षतिमा १०४ रन मात्र बनायो।

डिएभीको जितमा प्लेयर अफ द म्याच घोषित आदर्श अग्रवालले अलराउण्ड प्रदर्शन गर्दै २९ रन बनाउनुको साथै २ विकेट पनि लिए। यस्तै, इशु देओले २९ रन बनाए। मोक्षदाका रोहित शर्माले मात्र १५ बलमा ५३ रन बनाए पनि जितको लागि पर्याप्त रहेन।

बुधबार नै सम्पन्न सेमिफाइनलमा डिएभीले युनाइटेड स्कुललाई ५९ रनले तथा मोक्षदाले अक्षरा स्कुललाई २० रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी डिएभीका आदर्श अग्रवाल घोषित भए। यस्तै, उत्कृस्ट ब्याट्सम्यान मोक्षदाका संयम नेपाल तथा उत्कृष्ट बलर मोक्षदाकै इशान शाह घोषित भए।

तीन दिन चलेको प्रतियोगितामा युनाइटेड स्कुल, एभरेष्ट स्कुल, अक्षरा स्कुल, काव्य स्कुल, सैनिक स्कुल, मोक्षदा स्कुल, निस्ट स्कुल, एलआरआई स्कुल, रोजबड स्कुल र डिएभी स्कुल गरी उपत्यकाका १० टिम सहभागी थिए । 





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार २१:५५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया