बागी उम्मेदवारका कारण जिसस दैलेखको निर्वाचन विवादित

जिल्ला समन्वय समिति दैलेखको निर्वाचन यतिबेला विवादित र चासोको केन्द्रमा छ । जिल्ला समन्वय समितिको प्रमुख र एक सदस्यमा स्वतन्त्र उम्मेदवारी परेपछि निर्वाचन विवादित बनेको हो । 

जिसस दैलेखको प्रमुख पदमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध परेको बागी उम्मेदवारी खारेजको माग गर्दै उजुरी परेपछि भोलि जेठ २६ गते हुने भनिएको मतदान समेत अन्योलमा परेको छ ।

सो पदका लागि कांग्रेसकी आधिकारिक उम्मेदवार दुर्गाकुमारी श्रेष्ठले बागी उम्मेदवार नमराज शाहीको उम्मेदवारी खारेजको उजुरी दिएकी छन् । 

जिल्ला समन्वय समितिको निर्वाचन निर्देशिका २०७४ को दफा १८ मा कुनै एक दलबाट निर्वाचित व्यक्ति अर्को दलबाट जिसस प्रमुख, उपप्रमुख वा सदस्य कुनै पदमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्थालाई उजुरीकर्ताले उल्लेख गरेकी छन् ।





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार २२:१८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया