एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग पराजित भएको छ ।
गएराति कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको हो । जोर्डनलाई जित दिलाउन अली ओल्वन र हाम्जा अल दारदौरले एक/एक गोल गरे ।
खेलको ६९ औं मिनेटमा ओल्वनले गोल गर्दै जोर्डनलाई ग्रता दिलाए । ८२ औं मिनेटमा हाम्जाले पेनाल्टीमा गोल गरेपछि जोर्डनले २–० को जित निकाल्यो ।
नेपालका डिफेन्डर सुमन अर्यालले मोहमद सुलेमानलाई पेनाल्टी बक्सभित्र लडाएपछि जोर्डनले दोस्रोपटक पेनाल्टीको अवसर पाएको थियो । त्यसअघि, नेपालका लागि डेब्यु गरेका गोलकिपर दीप कार्कीले खेलको ४३ औं मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाएका थिए ।
नेपालका डिफेन्डर गौतम श्रेष्ठले मिडफिल्डर मोहमद फैजललाई पेनाल्टी बक्सभित्र लडाएपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो । यो जितसँगै जोर्डनले पहिलो खेलमा ३ अंक जोड्दा नेपललेहारबाट छनोटको सुरुवात गरेको छ ।
छनोटको समूह ‘ए’ मा रहेको नेपालले अब २८ जेठमा घरेलु टोली कुवेतको सामना गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।