युईएफए नेसन्स लिग समूह ‘ए’ ४ को खेलमा नेदरल्याण्ड्सले वेल्सलाई २–१ गोल अन्तरले हराएको छ ।
गएराति वेल्सको कार्डिफमा भएको खेलमा नेदरल्याण्ड्सलाई जिताउन टेउन कुपमेनर्स र ओउट वेघोर्षटले एक–एक गोल गरे । वेल्सका डेभिसले सान्त्वना गोल फर्काए ।
जितसँगै समूहमा नेदरल्याण्ड्स दोस्रो जितसँगै ६ अंक बनाएर शीर्ष स्थानमा छ । पराजित वेल्स दुई खेलबाट बिनाअंक पुछारमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।