फैलँदै मनसुनी वायु : आज पनि काठमाडौंसहित धेरै स्थानमा वर्षाको सम्भावना

नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जसकारण पनि दिनहुँ वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान प्रदेश–१ र मधेसका थोरै स्थान तथा बागमती र गण्डकीका एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश–१, मधेश, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश–१, मधेश, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना छ । शुक्रबार प्रदेश–१, बागमती र गण्डकीका केही स्थान तथा मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ ।

हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।
  





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार ७:१२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया