सडक माथिबाट पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इच्छाकामना तोपेखोलामा रहेको नाम्सी पुलमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
राति ठूलो पानि परेसँगै पहिरो खसेको बताइएको छ । आज बिहानैदेखि पहिरो हटाउन सुरू गरिएको छ । पहिरोकै कारण इच्छाकामनाकै नाग्दिखोलामा पनि मुग्लिन–नौबिसे सडकसमेत अवरुद्ध भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।