बाबरको शतकमा वेस्ट इण्डिजविरुद्ध पाकिस्तान ५ विकेटले विजयी

वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिजअन्तर्गत बुधबार भएको पहिलो खेलमा घरेलु टोली पाकिस्तान ५ विकेटले विजयी भएको छ । 

३०६ रनको लक्ष्य पाकिस्तानले चार बल बाँकी छँदा पाँच विकेट गुमाएर पूरा ग¥यो । उसका लागि कप्तान बाबर आजम शतकीय तथा इमाम उल हक र मोहम्मद रिजवानले अर्धशतकीय पारी खेले । बाबरले १०७ बलमा नौ चौकासहित १०३ रन बनाउँदा ६५ रन जोडेका उल हकले ७१ बलमा ६ चौका प्रहार गरे ।

६१ बलको सामना गर्दै ५९ रन बनाएका रिजवानले दुई चौका र एक छक्का प्रहार गरे । खुशदिल शाह ४१ रनमा अविजित रहे । वेस्ट इण्डिजका लागि अल्जारी जोसेफले दुई तथा जेडन सिलेस, रोमारियो सेफर्ड र अकिल हुसेनले एक/एक विकेट लिए ।

त्यसअघि मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३०५ रन बनाएको थियो । उसका लागि साइ होपले शतकीय तथा सम्राह ब्रुक्सले अर्धशतकीय पारी खेले । 

१३४ बलको समाना गर्दै १२७ रन बनाएका होपले १५ चौका र एक छक्का प्रहार गरे । ब्रुक्सले ८३ बलमा सात चौकासहित ७० रन जोडे । रोभम्यान पावेलले ३२, रोमारियो सेफर्डले २५ र कप्तान निकोलस पूरनले २१ रनको योगदान गरे । 

पाकिस्तानका लागि हरिस रउफले चार, शहिन शाह अफ्रिदीले दुई तथा मोहम्मद नवाज र शदाब खानले एक/एक विकेट लिए । यो जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दोस्रो खेल भोलि हुनेछ । 





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार ७:५१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया