प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास हुँदैन : खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास नहुने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री खनालले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न नल्याइएको बताएका हुन् । 

प्रस्ताव दर्ता पछि परिस्थिति हेर्दै क्रमशः टुङ्गोमा पुर्‍याउनका लागि महाअभियोग लगाइएको उनको भनाइ छ। खनालले महाअभियोगलाई टुङ्गोमा पुर्‍याउनका लागि अझै समय बाँकी रहेको बताए । ‘यो प्रस्ताव तुरुन्त पास गर्न राखेकै होइन नि । यो प्रस्ताव अगाडी आएको छ । यसलाई बिस्तारै प्रस्ताव राखिसकेपछि परिस्थिति हेर्दै जाने । अनि क्रमशः एउटा टुङ्गोमा पुर्‍याउने कुरा हो नि त । त्यस कारण समय अझै छ । समिति गठन भएको छ । समितिले माग गर्नुपर्‍यो नि त । त्यो समितिको के उत्तरदायित्वको निम्ति, के कार्यभारको निम्ति त्यो समिति गठन भएको हो । त्यो समितिले आफ्नो उत्तरदायित्व पुरा गर्न, दिएको जिम्मेवारी पुरा गर्न, खोइ मलाई जिम्मेवारी दिएको भन्नुपर्‍यो । अनि संसद्ले काम गर्नुपर्‍यो । त्यसपछि त अगाडि बढी हाल्छ नि,’ उनले भने ।

पूर्वप्रधानमन्त्री खनालले महाअभियोग प्रस्तावको सम्बन्धमा संसद्ले गठन गरेको समितिले आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्नुपर्ने बताए । समितिले आफ्नो काम गरिसकेपछि संसद्मा बाँकी प्रक्रिया अगाडि बढ्ने उनले बताए ।





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार ९:१२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया