पाकिस्तानमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु

पाकिस्तानमा एउटा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ । दक्षिणपश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट खाल्डोमा खस्दा महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो । 

बलुचिस्तान प्रान्तको किल्ला सैफुल्लाह जिल्लामा सो दुर्घटना भएको हो । सहायक जिल्ला प्रशासक मोहमद क्वासिमका अनुसार दुर्घटनामा सबै जनाको मृत्यु भएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । 

दुर्घटनाको समयमा मौसम खराब रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।  दुर्घटनाप्रति पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले दुःख व्यक्त गरेका छन् । पुराना सडक, कमजोर संरचनालगायतका कारण पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन् । 
 





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १०:३३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया