फ्रेन्च क्लब लियोन फर्किए लाकाजेटी

इंग्लिस क्लब आर्सनलका फरवार्ड अलेक्जेन्डर लाकाजेट आफ्नो पूर्वक्लब लियोन फर्किएका छन् । उनी पाँच वर्षपछि फ्रि ट्रान्फरमा आफ्नो फ्रेन्च क्लब लियोन फर्किएका हुन् ।

फ्रेन्च फरर्वाड लाकाजेट र लियोनबीच ३ वर्षको सम्झौता भएको छ । सम्झौताअनुसार उनी २०२५ को जुनको अन्त्यसम्म क्लबमा रहनेछन् । 

३१ वर्षीय लाकाजेट ५ वर्षअघि क्लबको कीर्तिमानी मूल्य ४६.५ मिलियन पाउन्डमा आर्सनल पुगेका थिए । उनले आर्सनलका लागि ५ सिजनमा २०६ खेलमा ७१ गोल गरेका छन् ।

लाकाजेटले गत सिजन आर्सनलका लागि ३६ खेल खेल्दा ६ गोल गरेका थिए । 

लाकाजेटले आर्सनलबाट २०१७ मा एफए कम्युनिटी शिल्ड र २०१९/२० मा एफए कपको उपाधि जित्दा २०१८/१९ मा युरोपा लिगको उपविजेता बनेका थिए ।





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १४:१९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया