सभापति देउवालाई संयोजक पौडेलले बुझाए प्रतिवेदन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह निर्वाचन अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमिति संयोजक प्रदीप पौडेलले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका छन् । 

स्थानीय निर्वाचन २०७९ सम्बन्धी यो उपसमितिलाई दिइएको कार्यादेश अनुरुप तयार गरिएको प्रतिवेदन सभापति देउवालाई बुझाइएको हो । 

स्थानीय निर्वाचनको लागि नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले विभिन्न उपसमितिहरू बनाएको थियो । जसअनुसार अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले वडा तहसम्म निर्वाचनको गतिविधि र परिचालन के कसरी सञ्चालन भइरहेको छ र गठबन्धनमा रहेका दलहरू बिचको समन्वय कस्तो भइरहेको छ भन्ने विषयवस्तुको अध्ययन र विश्लेषण गरेको थियो ।  





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १५:७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया