टिभी सिरियलमा मेस्सी
फरकधार / २६ जेठ, २०७९

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी टिभी सिरियल लस प्रोटेक्टोरेसको दोस्रो सिजनमा देखिने भएका छन् । उनले यो श्रृंखलामार्फत समर्थकहरुलाई थप उत्साहित पार्ने आशा लिएका छन् ।



हाल पेरिस सेन्ट जर्मन (पिएसजी) बाट व्यवसायिक फुटबल खेलिरहेका मेस्सी गत सिजन फ्रेन्च क्लबमा अनुबन्धित भएका थिए ।

फुटबलमा चर्चा कमाएका मेस्सी पहिलो पटक टेलिभिजन श्रृंखलामा देखिन लागेका हुन् । उनले यसअघि पेप्सी, लेज पोटेटो, एडिडासजस्ता ठूला ब्रान्डका विज्ञापनमा भने अभिनय गरिसकेका छन् ।  



उनी अर्जेन्टिनाको चर्चित टेलिभिजन श्रृंखला लस प्रोटेक्टोरेसको छोटो भूमिकामा देखिने छन् । ड्रामामा मेस्सीले खेल्ने सिनको सुट भइसकेको छ । उनले यो सुट केही दिनमा नै सकेका थिए । 



विश्व प्रख्यात फुटबलर मेस्सीलाई स्टेजमा प्रोड्युसर आफैले ल्याएका थिए । उनले खेलेको श्रृंखला सन् २०२३ मा मात्र हेर्न पाइनेछ । मेस्सीको सिन पेरिसमा सुट गरिएको हो । 

  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १५:४७:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया