अमेरिकी सैनिक जनरल काठमाडौंमा

अमेरिकी सेनाका एसिया प्रशान्त क्षेत्रका प्रमुख जनरल चाल्र्स ए फ्लिन चार दिने भ्रमणका लागि बिहीबार दिउँसो काठमाडौं आइपुगेका छन् । उनको यो चार दिने भ्रमणलाई विशेष प्राथमिकताका साथ हेरिँदै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला उनी काठमाडौं आउनुलाई विशेष महत्त्वका साथ हेरिएको हो ।

इन्डिगो एयरलाइन्सट नयाँ दिल्लीबाट बिहीबार दिउँसो काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका जनरल फ्लिनको यो भ्रमणलाई सद्भावना भ्रमणका रुपमा लिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले दिएको जानकारीअनुसार फ्लिनले शुक्रबार सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गर्नेछन् ।

उनलाई त्यहाँ सेनाको एक टुकडीले सम्मान गर्ने छ । त्यसपछि प्रधानसेनापति शर्मासँग उनको भेटवार्ता हुने बताइएको छ ।

फ्लिन शनिबार माउन्टेन फ्लाइटका लागि जानेछन् । उनी सगरमाथा आधार शिविर जाने कार्यक्रम तय भएको छ । उनी आइतबार नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य केन्द्र पाँचखालको भ्रमणमा जानेछन् ।

त्यस्तै, उनी शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा पनि जानेछन् । त्यहाँ उनले विद्यार्थीहरुलाई विशेष सम्बोधन गर्नेछन् ।



साँझ उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटावार्ता गर्नेछन् ।



  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १७:१२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया