नारायणगढ–मुग्लिन सडक १४ घण्टापछि बल्ल खुल्यो

बुधबार रातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुलेको छ । बुधबार राति परेको पानीले पहिरो आएपछि सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन बाटोमै अलपत्र परेका थिए । सडक साढे १ बजेदेखि सञ्चालनमा आएको हो । 

नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा पानी पर्नेबित्तिकै पहिरो जाने समस्याले यात्रुहरू हरेक वर्ष सास्ती खेप्न बाध्य छन् । चितवनमा पर्ने सबै राजमार्ग सामान्य रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण बुधबार रातिदेखि सडक अवरुद्ध भएको थियो । यस्तै, इच्छाकामना–४ स्थित नाग्दीखोला र इच्छाकामना–५ स्थित कालिखोलामा बुधबार राति ११ः१५ बजेदेखि पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक र मुग्लिन–नौबिसे सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

बिहीबार दिउँसो १२ बजेदेखि दुवै सडक खण्डमा गाडी सञ्चालनमा आएको प्रवक्ता अधिकारीले बताए । अहिले पानी परेको छैन । पानी पर्ने बत्तििकै पहिरो जाने जोखिम रहेकाले संयमित भएर सवारी साधन चलाउन प्रहरीले आग्रह गरेको छ । 





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १७:२५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया